ब्रदरहुड एफसी र आक्रमण एफसी विजयी

IMG-20240918-WA0263

गान्तोक: सिक्किम फूटबल एसोसिएसन (एसएफए)-को तत्वावधानमा यहाँको पाल्जोर स्टेडियममा आयोजना भइरहेको ए डिभिजन एस लीगअन्तर्गत आज पनि दुईवटा म्याच सम्पन्न भयो। पहिलो म्याच ब्रदरहुड एफसी र कुमार स्पोर्टिङ बीच खेलिएको थियो जसमा उत्कृष्ट खेलको प्रदर्शनी गर्दै ब्रदरहुड एफसी विजयी बन्यो। म्याचमा ब्रदहुड एफसीले जम्मा चार गोल गरे भने कुमार स्पोर्टिङ केवल एक गोल गर्न सफल बन्यो। दिनको दोस्रो म्याच आक्रमण एफसी र सिक्किम बोइस बीच खेलिएको थियो। निक्कै रोचक रहेको म्याचमा आक्रमण एफसी एकको विरुद्ध तीन गोलले विजयी बन्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement