गान्तोक: सशस्त्र सीमा बल (एसएसबी)-ले भारत सरकारको स्वच्छता ही सेवा अभियानलाई अघि बढ़ाउने दिशामा शपथग्रहण कार्यक्रम आयोजन गऱ्यो। यसबीच अभियानबारे जानकारी गराउँदै बिरुवारोपण अभियान पनि आयोजन गऱ्यो। यसअन्तर्गत एसएसबीले गान्तोकमा दुई महत्त्वपूर्ण कार्यक्रमहरू आयोजना गरेको थियो। जसमा स्वच्छता ही सेवा अभियानको लागि शपथग्रहण गराएको छ। यसकासाथै एक पेड़ माँ के नाम पर-अन्तर्गत ब्यापकरुपमा बिरुवारोपण अभियान पनि चलाएको थियो। शपथ ग्रहण समारोहमा एसएसबीका अधिकारी र कर्मचारीहरूले सफाइ अभियानलाई सशक्त पार्न प्रण गरेका थिए। अभियानमा स्थानीय विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो। यस पहलले पर्यावरण संरक्षणमा जोड दिँदै आमाको नाममा रूख रोप्ने कार्य पनि पूरा गरिएको छ। उक्त दुवै कार्यक्रमले सीमा सुरक्षा बलको रूपमा एसएसबीले राष्ट्रको सेवा गर्ने दिशामा गम्भीरता देखाएको र आगामी दिनमा पनि विभिन्न कार्यक्रम आयोजन गर्ने जानकारी एसएसबी गान्तोकले एक प्रेस बयानमा जनाएको छ। स्मरण रहोस्, एसएसबीले गत केही वर्षदेखि राज्यको विभिन्न स्थानमाहरुमा सुरक्षासँगै पर्यारणमुखी जागरुकता अभियानलाई पनि रफ्तार दिँदै आएको छ। मुख्य गरि एसएसबीले आमनागरिक र विद्यार्थीहरुलाई संयुक्त रुपमा समेटेर यस दिशामा सक्रियता देखाएको छ।