दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले प्रहरीलाई दियो अनुमति

IMG-20240918-WA0265

भद्रपुर: सरकार र राजनीतिक दलका विरुद्ध प्रदर्शन गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।
विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा प्रसाईंसहित तीन जनाविरुद्ध अदाललतबाट पक्राउ पुर्जी जारी भएको हो। प्रसाईंसहितका व्यक्तिलाई पक्राउ गर्न भन्दै प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अदालत समक्ष अनुमति मागेको थियो।
काठमांडू जिल्ला अदालतले प्रसाईं, जीवन पाण्डे र दुर्गा खनाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो। उनीहरुमाथि विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघन गरेको आरोपमा प्रहरीले पक्राउका लागि अनुमति माग गरेअनुसार न्यायाधीश महेन्द्र काफ्लेको इजलासले पुर्जी जारी गरेको छ। अहिले भक्तपुर स्थित प्रसाईको घर बाहिर प्रहरीले पक्राउ गर्न घेराउ हालेको छ भने घर भित्र पत्रकार सम्मेलन चलिरहेको प्रसाईका स्वकीय सचिव माधब कल्पितले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement