सिक्किम विश्वविद्यालयमा इन्डक्शन कार्यक्रम सम्पन्न

unnamed-1

गान्तोक: सिक्किम विश्वविद्यालयले १८ सेप्टेम्बरमा ताडोङको नरबहादुर भण्डारी सरकारी कलेज सभागृहमा आफ्ना ३३ शैक्षिक विभागहरूका सबै स्नातकोत्तर विद्यार्थीहरूका लागि एक इन्डक्शन कार्यक्रम आयोजना गर्‍यो। उपकुलपति प्रा०  डा ज्योति प्रकाश तामाङले प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै विश्वविद्यालयमा उपलब्ध शैक्षिक तथा अतिरिक्त श्रोत साधनको भरपुर उपयोग गर्न प्रोत्साहित गरे। उनले विश्वविद्यालयको संक्षिप्त इतिहासबारी जानकारी दिँदै उनीहरूको विविध सांस्कृतिक पृष्ठभूमिको बावजुद संकाय, कर्मचारी र विद्यार्थीहरू बीच समुदायको बलियो भावनालाई जोड दिए।

प्रा. तामाङले व्यक्तित्वको विकास गर्न मद्दत गर्नसक्ने आत्मीयताको भावनालाई बढावा दिनुपर्ने महत्वमा जोड दिए। उनले सामुदायिक विकास र देशको उन्नतिमा योगदान पुर्याउने विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी भएर विद्यार्थीले नेतृत्व क्षमता विकास गर्न सकिनेबारेमा जोड दिए। यसबाहेक, उनले विद्यार्थीहरूलाई खुला सञ्चारमा संलग्न हुन र आफ्ना शिक्षकहरू, वरिष्ठहरू र सहपाठीहरूसँग सकारात्मक सम्बन्ध बढाउन आग्रह गरे। विद्यार्थी कल्याणका डिन र परीक्षा नियन्त्रकले पनि विद्यार्थीहरूसँग कुराकानी गरे। इन्डक्सन कार्यक्रममा सबै विद्यालयका डिन, विभागका प्रमुखहरू, संकाय सदस्यहरू, वैधानिक अधिकारीहरू, एनएसएस संयोजकहरू र केही गैर-शिक्षक कर्मचारीहरू पनि सहभागी थिए। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement