‘यागी’ आँधीको कारण म्यानमारमा बाढीले दुई सय बढीको मृत्यु

00-1-Climate-1

‘यागी’ आँधीका आएको बाढीले म्यानमारमा जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ। यस बाढीमा दुई सयभन्दा बढी मानिसको मृत्यु भएको देशको सैनिक सरकारले जनाएको छ। ८० भन्दा बढी मानिस अझै बेपत्ता रहेको बताइएको छ। ‘यागी’ यस वर्ष एसियामा आउने सबैभन्दा शक्तिशाली आँधी पनि हो। आधिकारिक तथ्यांक अनुसार भियतनाम, लाओस, थाइल्याण्ड र म्यानमारमा सेप्टेम्बरको सुरुमा आएको आँधीका कारण ५०० भन्दा बढीको मृत्यु भएको छ। यागीका कारण म्यानमारमा बाढी, पहिरोजस्ता अवस्था सिर्जना भएको छ। धेरै गाउँ डुबानमा परेका छन्। साथै म्यानमारमा धेरै एकड जमिनमा लगाएको बाली पनि नष्ट भएको छ। यहाँका पाँच लाखभन्दा बढी मानिसका लागि खाद्यान्न, पिउने पानी, बास र लत्ताकपडाको तत्काल प्रबन्ध गर्नुपर्ने पनि राष्ट्र संघले सतर्क गराएको छ। संयुक्त राष्ट्र संघले ‘यागी’ आँधीले राजधानी नेपिडावसहित म्यानमारका थप नौ राज्यमा विनाश गरेको जनाएको छ। म्यानमार पनि २०२१ देखि गृहयुद्धको सामना गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement