गुवाहाटी: असमको गुवाहाटीको श्रीनगर क्षेत्रमा बुधबार दिउँसो एक एलपीजी सिलिन्डरमा विष्फोट हुँदा विद्युत प्रणालीमा सर्ट भएर आगलागी भएको आशंका गरिएको छl सञ्चारमाध्यमका अनुसार, बुधबार दिउँसो १ बजे गुवाहाटीको बाइ लेनमा रहेको एक आवासीय भवनमा आगलागी भएको समाचार छ। आगलागी नियन्त्रणका लागि घटनास्थलमा पुगेका स्थानीयवासीले अत्याधिक घामको किरणका कारण आगलागी भएको बताएका छन्l ६ वटा सिलिण्डर विष्फोटको घटनामा कुनै हताहती वा घाइते भएको खबर छैन दमकल र आकस्मिक सेवाका कर्मचारीको संयुक्त प्रयासमा दुई घण्टापछि आगो नियन्त्रणमा आयो।