कालेबुङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको गोरुबथान महकुमा समितिलाई विघटन गरिएको छ।
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा कालेबुङ जिल्ला अध्यक्ष विनय घिसिङले आज कालेबुङमा एक पत्रकार सम्मेलन बोलाएर गोरूबथान महकुमा समिति विघटनको जानकारी गराएका छन्। उनले अर्को समिति गठन नभएसम्मका सभासद रतन थापालाई संयोजकको रुपमा जिम्मेवारी दिइएको जानकारी गराएका छन्। भागोप्रमो कालेबुङ जिल्ला अध्यक्ष विनय घिसिङले आगामी दिनमा नयाँ समिति गठनको प्रक्रिया अघि बढाइने छ भनी बताएका छन्।









