खरसाङ:व खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आगामी २१ सेप्टेम्बरदेखि खरसाङको मन्टेभियट खेल मैदानमा अण्डर-१४ लीग कम नक आउट फूटबल प्रतियोगिता हुने भएको छ। यस प्रतियोगितामा जम्मा आठवटा दलहरूले भाग लिईरहेका छन्। बुधवार संघको कार्यलयमा सम्पन्न सभामा संघका अध्यक्ष मोहन योञ्जन, सचिव निर्मल गुरुङ, प्रतियोगिताका संयोजक राजेन लामा लगायत सबै दलहरूका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए भने उनीहरुकै उपस्थितिमा चिट्ठा प्रणालीद्वारा प्रतियोगिताको फिक्चर पनि बनाइयो।

संघका उपाध्यक्ष फूर्बा घिसिङले जानकारी दिए अनुसार यस प्रतियोगितामा सर्वप्रथम लीग खेल हुनेछ भने दुई समुहबाट प्रथम अनि दोसो स्थानहरूमा रहने दलहरू बीच नकआउट, सेमी फाइनल खेल हुनेछ। प्रतियोगिताको फाइनल खेल २८ सेप्टेम्बर, शनिबारको दिन हुनेछ।