राजगञ्ज: रेलको धक्काबाट एक जनाको मृत्यु भएको छ घटना आज दिउँसो साहुडाँगी नजिकैको शिवनाथपाडा क्षेत्रमा भएको हो। तर, समाचार लेख्दासम्म मृतकको चिनापर्ची हुन सकेको छैन। स्थानीय स्रोतका अनुसार आज स्थानीयवासीले उक्त व्यक्तिको लाश रेल लाइनमा देखेका थिए। त्यसपछि घटनाको जानकारी रेलवे पुलिसलाई दिइएको थियो। खबर पाएलगत्तै रेलवे पुलिसले घटनास्थलमा पुगेर लाश बरामद गरी पोस्टमार्टमका लागि पठाएको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।