दार्जीलिङ: डागापुर श्रमिक भवनमा डाकिएको चिया बोनस वार्तामाथि पहाड़का श्रमिक समन्वय मञ्चले आपत्ति जनाएको छ। पहाड़को चिया बोनसबारे श्रम विभागद्वारा आउँदो २० सेप्टेम्बर शुक्रवार डाकिएको उक्त बैठक पहाड़मा हुनु पर्ने मागमा मञ्चले आज जोइण्ट लेबर कमिश्नरलाई पत्राचार गरेको क्रामाकपाको श्रमिक सङ्गठन नेता सुनिल राईले जनाएका छन्। अर्कोतिर अविलम्ब बोनस वार्ताको मागमा हिजोदेखि पहाड़व्यापी आरम्भ भएको गेट मिटिङलगायत पका चिया निर्यातमाथिको रोक यथावत रहने उनको भनाइ छ।यसबीच बोनस वार्ताबारे दार्जीलिङ अनि इण्डियन टी एसोसिएसनको निष्क्रियतामाथि भागाप्रमो श्रमिक नेता जेबी तामाङले क्षोभ व्यक्त गरेका छन्। उनले श्रम विभागलाई मालिक पक्षले आफ्नो स्वार्थको लागि प्रयोग गरिरहेका आशय प्रकट गरेका छन्।








