आकाशवाणी खरसाङको समाचार एकांशद्वारा स्वच्छता अभियान ‘स्वच्छता ही सेवा पखवाडा’ को रुपमा पालन

IMG-20240918-WA0239

खरसाङ: प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरि नै १ सेप्टेम्बरदेखि २ अक्टोबर २०२४ सम्म स्वच्छता अभियान ‘स्वच्छता ही सेवा पखवाडा’ को रुपमा पालन गर्ने आह्वान् गरेकोले आज आकाशवाणी खरसाङको समाचार विभाग लगायत कार्यक्रम निष्पादन विभागद्वारा संयुक्त रुपमा ‘एउटा बिरुवा आमाको नाम’ पालन गर्दै बिरुवाहरु रोप्ने कार्य सम्पन्न गरिएको छ। हिजो १७ सेप्टेम्बरको दिन आकाशवाणी खरसाङका कर्मचारीहरुद्वारा ‘स्वच्छता ही सेवा पखवाडा’ पालन आरम्भ गर्दै वर्षमा १०० घण्टा स्वच्छतालाई दिने संकल्प लिएका थिए भने आकाशवाणी खरसाङद्वारा स्वच्छतालाई लिएर पहाड़भरि नै विभिन्न कार्यक्रमहरु गर्ने जानकारी आकाशवाणी खरसाङको समाचार विभागका प्रभारी अशोक चौरासियाले दिएका छन्।

उनले पत्रकारहरूलाई सम्बोधन गर्दै स्वच्छता अभियान विषयमा विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement