मिरिक: यसपाली चियाबारी श्रमिकहरूलाई एकै किस्तामा बीस प्रतिशतले बाेनस वितरण गरिनु पर्ने मागमा चियाकमान पार्वतीय श्रमिक संगठन समन्वय मञ्चको अगुवाईमा श्रमिकहरूद्वारा ४५ मिनटको गेट सभा शुरू भएपछि आज मिरिकको थर्बु चियाकमान चियास्थित कारखाना परिसरमा चियाकमानका चिया श्रमिकहरूलाई सहभागी गराई गेट सभाकाे आयाेजना गरियाे। दार्जिलिङ चियाकमान मजदुर युनियनका जिल्ला सदस्य किस्मत तामाङकाे अध्यक्षता अनि मिरिक पञ्चायत समिति सदस्य समीर राईकाे अध्यक्षतामा भएकाे सभामा श्रमिक संगठनका नेताहरू जेबी तामाङ, समन पाठक, राेदन छेत्री, अजम प्रधान आदि उपस्थित थिए। यस अवसरमा बाेल्दै भागाेप्रमाेकाे श्रमिक संगठनका केन्द्रीय अध्यक्ष जेबी तामाङले मंगलबारदेखि विभिन्न चियाकमानहरूमा गेट सभा गरिएकाे जानकारी गराउँदै आज थर्बु चियाकमान लगायत अन्य चियाकमानहरूमा गेट सभा गरिएकाे बताए। उनले दार्जिलिङ टि एसोसिएशनलाई पार्वतीय श्रमिक संगठनले लेखेकाे पत्रबारे जानकारी गराउँदै वर्ष २०२३-२४ को पूजा बोनसको निम्ति डीटीए अनि आइटीएले २ सेप्टेम्बरमा एकपल्ट सभा राखेर ८.३३ प्रतिशत मात्र बोनस दिने भनी लिखित रूपमा सबै युनियनलाई दिएपछि बदलामा हामीले पनि लिखित रूपमा २० प्रतिशत बोनस दिनैपर्छ एकै किस्तीमा भनी अल ट्रेड युनियनमार्फत दिएको थियौ भने। उनले हालसम्म बोनसको सभा राखेको छैन। यसैले पुनः पहाडको सबै ट्रेड युनियनको सभा बसेर बोनस १७ सेप्टेम्बरदेखि २० सेप्टेम्बरसम्म सबै पार्टीको युनियन मिलेर बिहान गेट सभा प्रायः ४५ मिनटसम्म गर्नु पर्ने भएकाे हुनाले गेट सभा शुरू भएकाे बताए। तिनले २० सेप्टेम्बरसम्म डीटीए अनि आईटीएले बोनस सम्बन्धी सभा नराखेर अझ कडा कार्यक्रम गरिने निर्णय लिएको छौं भने।

सभालाई सभाध्यक्ष समीर राई, माकपा नेता समन पाठक आदिले पनि सम्बाेधन गरेका थिए।