भाषा आन्दोलनका संग्रामी बुद्धिमान प्रधान ‘बमप’ प्रज्ञा साझा मंचद्वारा सम्मानित

0-6d7efabe-9ca3-4f56-8a37-e25948efdda8

खरसाङ: नेपाली भाषा आन्दोलनका एकजना अग्रिम पंक्तिका संग्रामी बुद्धिमान प्रधान ‘बमप’लाई भर्खरै स्थापित भएको प्रज्ञा साझा मंचले आज अर्थात सोमबार विशेष कार्यक्रम आयोजना गरेर सम्मान जनायोl उनलाई सम्मान जनाउन गोर्खा जन पुस्तकालयमा सम्मान कार्यक्रम आयोजना गरेको थियोl समाजलाई दिशानिर्देश दिने यस्ता संग्रामी व्यक्तित्वलाई सम्मानित गरेर प्रज्ञा साझा मंचले आफ्नो पहिलो कार्यक्रम शुरुवात गरेको छl मंचका अध्यक्ष रमेश थापाको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा मुख्य अतिथि गोर्खा जन पुस्तकालयका अध्यक्ष सुपरिचित नाटककार पूर्ण गुरुङ ‘निरुपम’ अनि विशिष्ट अतिथिका रुपमा खरसाङका विधायक बी.पी. बजगाईं उपस्थित थिएl

प्रज्ञा साझा मंचद्वारा सम्मानित भएपछि बुद्धिमान प्रधान ‘बमप’ले आफ्नो छोटो सम्बोधनमा हर्षित हुँदै आभार प्रकट गरेl आफ्नो जीवनकालभरि नै भाषा, साहित्य, सामाजिक विकासमा सक्रिय रहँदै आएका हुन्l कार्यक्रममा उनलाई मुख्य अतिथि, विशिष्ट अतिथिको बाहुलीबाट सल ओढाई, सम्मान पत्रद्वारा सम्मानित गरियोl उनलाई प्रधान गरिएको सम्मान पत्र मंचका सहसचिव प्रीतम छेत्रीले पढेर सुनाएl रचना राई ‘अनाकर’ र दिल थापाद्वारा संचालित यस कार्यक्रममा बुद्धिमान प्रधान ‘बमप’को बारेमा ऋषि राईले संक्षिप्तमा जानकारी दिएl बुद्धिमान प्रधान ‘बमप’का छोरा चन्द्रमणि प्रधानले उनले गरेका कार्यहरु बारे विस्तृत रुपमा बताएl सुपरिचित बाल साहित्यकार सुदर्शन प्रधान ‘अम्बटे’ नेपाली भाषा आन्दोलन बारेमा संक्षिप्त रुपमा वक्तव्य प्रस्तुत गरेl विधायक बी.पी. बजगाईंले आफ्नो वक्तव्यमा यसरी एकजना भाषा आन्दोलनका अग्रिम पंक्तिका संग्रामीलाई सम्मान गरेकोमा प्रज्ञा साझा मंचको प्रशंसा गरेl विधयक बी.पी. बजगाईंले आफ्नो कोषबाट गोर्खा जन पुस्तकालयलाई साउण्ड सिस्टम प्रदान गर्ने वचन दिएl मुख्य अतिथि पूर्ण गुरुङ ‘निरुपम’ले आफ्नो वक्तव्यमा भाषा आन्दोलन साथै विभिन्न क्षेत्रहरुमा बुद्धिमान प्रधान ‘बमप’ले महत्वपूर्ण भूमिका निर्वाह गरेको बारेमा बताएl

कार्यक्रमको प्रारम्भमा आफ्नो स्वागत भाषणमा मंचकी सचिव उषा किरण ‘सत्यदर्शी’ले मंचको स्थापना र उद्देश्य बारेमा प्रकाश परिन्l कार्यक्रममा उपस्थित रहेका सबैलाई सूर्यमणि प्रधानले धन्यवाद जनाएl यस सम्मान कार्यक्रममा खरसाङ, दार्जीलिङ वरिपरिका विभिन्न क्षेत्रमा संलग्न रहेका विशिष्ट व्यक्तित्वहरुको बाक्लो जमघट रहेको थियो भने विभिन्न विद्यालयका विद्यार्थीहरुको उपस्तिथि रहेको थियोl           

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *