सिलगढी: सिलगढी नगरनिगमले अवैध निर्माण विरुद्ध लगातार कारबाही गरिरहेको छ। सूचना जारी गरेपछि पनि आफ्नो घर वा व्यापारिक प्रतिष्ठान आफैँ नभत्काउनेलाई नगरनिगमले भत्काउने गरेको छ। शहरको हिलकार्ट रोडमा रहेको गयाराम बिल्डिङका बारेमा नगरनिगममा लगातार गुनासो आइरहेको भए पनि कुनै कारबाही गर्नसकेको छैन। तर बुधबार उक्त भवनको अवैध भाग नगरनिगमले भत्काएको छ।नगरनिगमको संचालनमा कुनै अवरोध नहोस् भनेर ठूलो संख्यामा पुलिस परिचालन गरिएको थियो। यस भवनको अवैध भाग भत्काउने सम्बन्धमा सिलगढीका मेयर गौतम देवले भने कि नगरपालिकाले यस भवनका मालिकलाई पटकपटक नोटिस दिएको थियो। तर उनले ध्यान दिएनन्। यो भवन शहरका एक चर्चित समाजसेवीको नाममा भएकाले नगरनिगमले पटकपटक सूचना दिएको थियो। सोही कारण नगरनिगमले पर्खिराखेको थियो तर भवन धनीले कुनै कारबाही नगरेपछि अन्ततः अवैध निर्माण भत्काइएको थियो।