मेयर गौतम देवद्वारा तीनबत्ती मोडमा रहेको एनबीएसटीसी बस टर्मिनसको भ्रमण, यहाँबाट चाँडै बसहरू शुरु हुने

IMG-20240918-WA0189-1

सिलगढी: मेयर गौतम देवले उत्तर बंगाल राज्य यातायात निगम (एनबीएसटीसी)का अधिकारीहरूसँग आज तीनबत्ती मोडमा एनबीएसटीसी बस टर्मिनसको भ्रमण गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘हामीले तीनबत्ती मोडमा धेरै विकास कार्यहरू गरेका छौं। अब यहाँबाट विभिन्न रुटमा सरकारी तथा गैरसरकारी बस चल्नेछन्।

यहाँ यात्रुको सुविधाका लागि सबै किसिमको व्यवस्था मिलाइएको छ। यहाँ प्रतीक्षालय शौचालयलगायत अन्य व्यवस्था गरिएको छ। आज मैले एनबीएसटीसी र पुलिस अधिकारीहरूको निरीक्षण गरें। यहाँ बस सञ्चालनका लागि पूर्वाधार उपलब्ध छ। यहाँबाट विभिन्न रुटमा बस चल्नेछ। यहाँबाट बस संचालनमा आएसँगै शहरको ट्राफिक जामको समस्या निकै कम हुनेछ। केही बस तेन्जिङ नोर्ग बस स्ट्याण्डबाट पनि चल्नेछ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement