सिङलिङ सरकारी जुनियर हाई स्कूलमा जिल्लाद्वारा भ्रमण

IMG_20220522_233052.jpg

सोरेङ। सिङलिङ सरकारी जुनियर हाई स्कूलको हिज सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालले भ्रमण गरे स्कूलको जिम्मा लिएका छन्। तिनले स्कूलको हल, आईसीटी ल्याब, नर्सरी कक्षा र किचन गार्डन भ्रमण गरे। भ्रमण अवधि उनले प्राथमिक कक्षाका शिक्षकहरूसॅंग अन्तरक्रिया गर्दै सरकारले उपलब्ध गराएको प्ले-वे मेथोड र सहायताको महत्वबारे बताए। तिनले स्कूलको समग्र विकासका लागि स्कूलको शिक्षकहरूका साथै गैर शिक्षण संकाय र एसएमसी सदस्यहरूसॅंग पनि चर्चा गरे।
जिल्लापाल ठटालले सिङलिङ सरकारी जुनियर हाई स्कूलको जिम्मा लिॅंदै स्कूलको विकासमा पूर्ण समर्थन गर्ने आश्वासन पनि दिएका छन्। उनले स्कूलमा धेरै सुविधाहरू रहेको र यसको उपयोगको जिम्मेवारी शिक्षकहरूमाथि रहेको बताए। वर्तमान समयमा अधिकांश अभिभावकहरूले निजी विद्यालयलाई अधिक प्राथकिता दिने गरेको सन्दर्भमा उनले एसएमसी र स्कूल संकाय सदस्यहरूलाई विद्यार्थीहरूको निम्ति राम्रो सुविधा सुनिश्चित गर्न आह्वान गरे।

स्कूलका प्रधानाध्यापक मनदीप सुब्बाले स्कूलको प्रदर्शन र उपलब्धीहरूबारे रिपोर्ट साझा गरे। यसैगरी, उनले स्कूलका आवश्यकताहरू पनि जिल्लापाल समक्ष राखे। एसएमसीले १.५ लाख रूपियॉं संग्रह गरेर स्कूलको फेन्सिङ वाल निर्माण गरेकोमा जिल्लापालले सराहना गरे। उनले एमडीएम किचन र स्कूलको हल मरम्मति अनुमोदन गरे।

जानकारी अनुसार, सोरेङ जिल्लाका सबै मेजिस्ट्रेट, बीडीओहरूले स्कूलहरू ग्रहण गरिरहेका छन्। यस सन्दर्भमा बीडीओ र एसडीएमहरूले स्कूलहरूको भ्रमण गरिरहेका छन्। अधिकारीहरूद्वारा जिल्लामा स्कूल ग्रहण सम्बन्धि चॉंड़ै दिशानिर्देश जारी गरिने बताइएको छ। जिल्लापाल ठटालले सबै विभागीय प्रमुखहरूलाई कम्तिमा एक दिन स्कूलमा बिताउन निर्देश दिएका छन् ताकि शिक्षकहरू र विद्यार्थीहरूलाई विभागको कामकाज, कार्यक्रम र योजनाहरूबारे जानकारी प्रदान गर्न सकियोस्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *