लोवर सिडर्सबाट फूटबलको राष्ट्रिय उडानमा एलिना राईको प्रवेश  

WhatsApp-Image-2024-09-18-at-17.00.07

सोनादा (दार्जीलिङ): सोनादाकोलोवर सिडर्सकी छोरी आफ्नो प्रतिभाका कारण फुटबल खेलको राष्ट्रिय स्तरमा पुगेकी छिन्l उनको यस राष्ट्रिय उडानले गाउँ, विद्यालय साथै समग्र दार्जीलिङ पहाडलाई नै गौरवान्वित बनेको छl राष्ट्रिय स्तरको अण्डर १७ फुटबल खेलको निम्ति एलिना राई चयन भएकी छन्। भर्खरै कोलकतामा राज्य स्तरीय अण्डर १७ फुटबल खेलेर राष्ट्रिय स्तरका लागि चयन भएकी हुन्। उनीलगायत मालुटार चियाबारीका कृतिका राई र प्रतिका राई पनि चयन भएका छन्।

लोवर सिडर्स चियाबारी निवासी मणि राई र पबि राईकी छोरी एलिना राई महकुमा र दार्जीलिङ जिल्ला स्तरीय हुँदै राज्य स्तरीय अण्डर १७ फुटबल खेलेर अब राष्ट्रिय स्तरमा पुगेकी छन्। १६ वर्षीया एलिना राईले दार्जीलिङ जिल्ला स्तरीय टोलीसित कोलकोता गएर राज्य स्तरीय फुटबल टुर्नामेन्ट खेलेर राष्ट्रिय स्तरको लागि स्थान बनाएकी छन्।

उनी लगायत अन्य तीनजना आगामी अक्टोबर महिनाको अन्तिम साता जम्मु कश्मीर गएर अण्डर १७ राष्ट्रिय स्तरको लागि खेल्ने भएको छ। एलिना राईले सानैदेखि फुटबल खेल्ने गर्थे। उनले दशौं श्रेणीसम्मको पढ़ाई सिडर्स हाई स्कूलमा गरेर एघारौं श्रेणीमा खरसाङको रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयमा अध्ययनरत् छन्। उनले विद्यालय स्तरीय, महकुमा स्तरीय र जिल्ला स्तरीय हुँदै राज्य स्तरीय फुटबल खेलीसकेकी छन्l एलिना राईको फुटबल प्रतिभालाई निखार्ने कार्य खेलकूदका शिक्षिका सुष्मा छेत्री र कोच बिजेन्द्र थापाले गरेका हुन्। यसका साथै खरसाङमा एलिना राईले जेआर ३२ मा पूर्व फुटबल खेलाड़ी जितेन राईको मार्गदर्शनमा फुटबलको  प्रशिक्षण लिइरहेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement