कृष्णचन्द्र पाललाई उनको पाँचौं पूण्यतिथिमा श्रद्धाञ्जली अर्पण

IMG-20240918-WA0156

सिलगढी: सिलगढी नगरनिगमको वार्ड नम्बर २३ का स्वर्गीय काउन्सिलर र तृणमूल कांग्रेस नेता कृष्णचन्द्र पाललाई उनको पाँचौं पूण्यतिथिमा श्रद्धाञ्जली अर्पण गरियो। उनको पूण्यतिथिमा कृष्णचन्द्र स्मृति रक्षा समिति, सिलगढीद्वारा आयोजित कार्यक्रममा मेयर, वार्ड काउन्सिलर र अन्य प्रतिष्ठित व्यक्तिहरू सहभागी थिए।  माइकल स्कूल नजिकै रहेको उनको शालिकमा मेयर गौतम देवलगायत निर्माण व्यवसायीले पुष्प अर्पण गरी सम्झना गरे।  मेयर गौतम देवले भने, ‘‘कृष्णचन्द्र पाल हामी माझ नभए पनि उनको योगदानलाई हामी सधैं सम्झनेछौं। भगवानले उनलाई सानै उमेरमा हामीबाट टाढा लागे। तर उनी बाँचुन्जेल पार्टीप्रति समर्पित कार्यकर्ता बनेर जनताको हितमा काम गरिरहे। त्यसैले जनताले उनलाई सधैं सम्झिरहन्छन्।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement