घुम्न गएका सिलगढी ८ जना युवक-युवती फँसे कमला फल्समा, रातभरि चलायाे ‘उद्धार कार्य’

IMG_20220822_164856.jpg

सिलगढी: सिलगढीका ८ जना युवक-युवतीहरू छुट्टीको दिनको आनन्द उठाउनको लागि कमला फल्स घुम्न गएका थिए। तर त्यहाँ पुगेर तिनीहरू विपदमा फँसेपछि अन्ततः पुलिस, दमकल तथा स्थानीय मानिसहरूको प्रयासमा तिनीहरूको ज्यान जोगियो। घटनाक्रम अनुसार सिलगढी निवासी ५ जना युवक र ३ जना युवती हिजो कमला फल्समा घुम्न गएका थिए। पहाडी बाटो तथा पहाडी नदी पार गरेर कमला फल्स जान पर्दछ। तर वर्षाको समयमा त्यहाँ जानु निक्कै खतरनाक हुने गरेकोले प्रशासन तथा वन विभागले त्यहाँ जान निषेध गरेको छ। तरै पनि सिलगढीका ८ जना युवाहरू त्यहाँ घुम्न गएका थिए। साँझको समयमा नदीको जल स्तर बढेपछि ती जना युवाहरू त्यहीँ फँसे। साँझ ७ बजी सेभोक आउटपोस्टले यसबारे खबर पाएपछि दमकल विभाग तथा आपदा प्रतिक्रिया वाहिनी (डिजास्टर रेस्पन्स फोर्स) लगायत स्थानीय केही युवकहरूलाई साथमा लिएर लगभग ३ घण्टा पैदल हिँडेर कालीखोला नदी पार गरेर कमला फल्समा पुगेर उद्धार कार्य शुरू गरे। अन्ततः आज बिहान ४ बजी ती ८ जना युवाहरूलाई सकुशल उद्धार गरेपछि सेभोक आउटपोस्टमा ल्याइपुऱ्याए। उद्धार कार्य अवधि केही सिभिक भोलेन्टियरहरू घाइते भएको पुलिस सूत्रमार्फत् थाहा लागेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement