सुरक्षा व्यवस्थाको जानकारी लिन जिल्लापाल र पुलिस अधिक्षक पुगे जलपाईगढी मेडिकल कलेज

IMG-20240918-WA0145

जलपाईगढी: जलपाईगढीकी जिल्लापाल शमा परवीन र जलपाईगढीका पुलिस अधीक्षक उमेश खान्डबहलले जलपाईगढी मेडिकल कलेज एवं अस्पतालमा सुरक्षा व्यवस्थाको निरीक्षण गरे। आज अचानक जिल्लापाल शमा परवीन र पुलिस अधिक्षक उमेश खांडाबहाल जलपाईगढी मेडिकल कलेज एवं अस्पताल पुगेर सुरक्षा व्यवस्थाको समीक्षा गरे। जिल्लापाल र पुलिस अधिक्षकले बिरामी, बिरामीका परिवारका सदस्य, डाक्टर, नर्स र अस्पतालका कर्मचारीसँग अन्तरक्रिया गर्दै उनीहरुको धारणा सुनेर समस्या समाधान गर्ने आश्वासन दिए।  आरजी कर घटनापछि सबै अस्पतालमा सुरक्षा व्यवस्थामा सुधार भइरहेको छ। राज्य सरकारको स्वास्थ्य विभागले महिला चिकित्सकको सुरक्षा सुनिश्चित गर्न विभिन्न कदम चाल्ने घोषणा गरेको छ। जलपाईगढी मेडिकल कलेज अस्पतालमा पनि व्यापक सुरक्षा व्यवस्था गरिएको छ। जिल्ला अधिकारी एवं पुलिस अधिक्षक सुरक्षा व्यवस्थाको जानकारी लिन मात्रै अस्पताल पुगेकाले केही कमी भए त्यसलाई पनि पूर्ति गर्न सकिने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement