भद्रपुर: ५ दिन अघि” मिस्टर काठमांडू “को उपाधि जितेका बॉडीबिल्डर प्रकाश राईको हृदयघात (हार्ट अटैक) भएर निधन भएको छ । ४५ वर्षीय राईलाई बुधबार बिहानै हृदयघात भएको चाल पाएपछि ग्रान्डी अस्पताल पुर्याइएको थियो। मोरङको बेलबारी घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पछि ओभरल भिडन्तमा मिस्टर काठमांडू जितेका थिए।