न्यूजील्याण्डका कप्तान टिम साउदी ४०० टेस्ट विकेटको नजिक

IMG-20240918-WA0142

गाल: न्यूजील्याण्डका कप्तान टिम साउदीको भनाइअनुसार, टेस्ट प्रारूपमा ४०० विकेटको आँकड़ालाई हासिल गर्नु सजिलो छैन। अहिलेसम्म ३८० टेस्ट विकेट लिइसकेका साउदी यस उपलब्धिसम्म पुग्नदेखि अहिले केवल २० विकेट टाढ़ा रहेका छन्। यस्तो गरेर उनी टेस्ट प्रारूपमा ४०० विकेट लिने समग्रमा १८औं अनि रिचर्ड ह्याडलीपछि न्यूजील्याण्डका दोस्रो बलर बन्नेछन्। यसबीच ३५ वर्षीय साउदीले ४०० टेस्ट क्रिकेटको उपलब्धि हासिल गर्न अझ केही समय लाग्ने बताएका छन् कारण न्यूजील्याण्डले आउँदो केही टेस्ट म्याच एशियाई माटोमा खेल्नेछ, जहाँ यस प्रारूपमा स्पिनरहरूका रगरगी चल्छ। साउदीको कप्तानीमा न्यूजील्याण्ड र आयोजक श्रीलंकाबीच बुधवारदेखि पहिलो टेस्ट म्याच शुरु भएको छ। त्यसअघि कीवि कप्तानले भने, हरेक खेलमा तपाईं मैदानमा गएर आफ्नो भूमिका निर्वाह गर्ने अनि टीमलाई जिताउने प्रयास गर्नु हुन्छ। म पनि टीमको निम्ति विकेट हासिल गर्ने प्रयास गर्नेछु। यस अवधि केही माईलखुट्टी हासिल गर्न सके राम्रो हुनेछ। मेरो विचारमा समयको साथ लामो अवधिसम्म निरन्तर खेल्न सके माईलखुट्टीसम्म पुग्न सकिन्छ तर पनि मलाई २० वटा टेस्ट विकेट लिन अझ केही यात्राको आवश्यकता रहेक छ जस्तो लाग्छ।
गालमा शुरु पहिलो टेस्ट म्याचमा दुवै टीमले आफ्नो स्पिन आक्रमणमाथि भरोसा देखाए पनि साउदीलाई यस सीरीजमा पेस बलरहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने लाग्छ। उनले भने, यस सीरीज अनि विशेषगरी गालको मैदानमा स्पिनरहरूले सफलता हासिल गर्दै आएका छन् अनि एकजना पेस बलरको निम्ति यहाँ विकेट निकाल्नु ठूलो चुनौती हुन्छ। परिस्थिति कठिन भए पनि पेस बलरहरूले महत्त्वपूर्ण मौकाहरूमा विकेट हासिल गर्ने आशा छ। उल्लेखनीय छ, न्यूजील्याण्डले यस साल मार्चपछि आफ्नो पहिलो टेस्ट म्याच खेलिरहेक छ। यसअघि ग्रेटर नोएडामा अफगानिस्तानविरुद्ध न्यूजील्याण्डको एकमात्र टेस्ट म्याच वर्षाले गर्दा रद्द भएको थियो। यसरी न्यूजील्याण्डले श्रीलंकाविरुद्ध सीरीजको निम्ति तयारी गर्ने मौका गुमाएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement