कप्तान हरमनप्रीत सिंहको साथमा पीआर श्रीजेश पुरस्कार जित्ने होड़मा

IMG-20240918-WA0126

नयाँ दिल्ली: भारतीय पुरुष हकी टीमका कप्तान हरमनप्रीत सिंहलाई एफआईएच प्लेयर अव् द ईयर पुरस्कार जबकि पूर्व गोलकीपर पीआर श्रीजेशलाई गोलकीपर अव् द ईयर पुरस्कारको निम्ति नामांकित गरिएको छ। हरमनप्रीत हालै सम्पन्न पेरिस ओलम्पिकमा १० गोलको साथ हाईएस्ट स्कोरर थिए। यस प्रतिष्ठित पुरस्कारको निम्ति उनले थिएरी ब्रिंकम्यान र जोएप डी मोल (दुवै नीदरल्याण्डका), हेन्स मुलर (जर्मनी) र ज्याक वालेस (ईंग्ल्याण्ड)-सँग प्रतिस्पर्धा गर्नेछन्। यसरी श्रीजेशले ओलम्पिकमा असाधारण प्रदर्शन गरेका थिए, जहाँ भारतले स्पेनलाई पराजित गरी काँस्य पदक जितेको थियो। सालको सर्वश्रेष्ठ गोलकीपर पुरस्कारको निम्ति उनको भिड़न्त नीदरल्याण्डका पिरमिन ब्ल्याक, स्पेनका लुइस केलजाडो, जर्मनीका जीन पल डेनबर्ग र अर्जेण्टिनाका टोमस सेण्टियागोसँग हुनेछ। एफआईएच-ले बताएअनुसार, विशेषज्ञ प्यानलको भोटहरूको गन्ती समग्र नतीजाको ४० प्रतिशत हुनेछ। राष्ट्रिय संघका अधिकारीहरूको भोटको हिस्सेदारी २० प्रतिशत रहनेछ। यसबाहेक प्रशंसक र खेलाड़ीहरू (२० प्रतिशत) र मीडिया (२० प्रतिशत)-ले रहल ४० प्रतिशतको योगदान दिनेछ।
एफआईएच हकी पुरस्कारको निम्ति नामांकित खेलाड़ीहरूः
महिलाः गु बिंगफेन (चीन), यिब्बी जानसेन (नीदरल्याण्ड), नाइके लोरेञ्ज (जर्मनी), स्टेफनी वेण्डेन बोर्रे (बेल्जियम), जेन डे वार्ड (नीदरल्याण्ड)
पुरुषः थिएरी ब्रिंकम्यान (जर्मनी), जोएप डी मोल (नीदरल्याण्ड), हेन्स मूलर (जर्मनी), हरमनप्रीत सिंह (भारत) र ज्याक वालेस (ईंग्ल्याण्ड)
सालका सर्वश्रेष्ठ गोलकीपर पुरस्कारः
महिलाः क्रिस्टीना कोसेण्टिनो (अर्जेण्टिना), आइस्लिंग डी हूघे (बेल्जियम), नथाली कुबाल्स्की (जर्मनी), ऐनी वीनेण्डाल (नीदरल्याण्ड) र ये जिओ (चीन)
पुरुषः पिरमिन ब्लेक (नीदरल्याण्ड), लुिस केलजाडो (स्पेन), जीन-पल डेनबर्ग (जर्मनी), टोमस सेण्टियागो (अर्जेण्टिना) र पीआर श्रीजेश (भारत)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement