बिर्तामोड चिल्ड्रेन अस्पतालमा ४ वर्षीय बालिका उपचारपछि बिल नतिरेको कारण डिस्चार्ज रोकेको परिवारको आरोप

IMG-20240918-WA0065

भद्रपुर: झापाको बिर्तामोडस्थित चिल्ड्रेन अस्पतालले इलामकी ४ बर्षीय समीक्षा भट्टराई नाम गरेकी बालिकालाई उपचार गरेपछि बिल तिर्न नसकेको कारण डिस्चार्ज नगरेको आरोप परिवारजनले लगाएको छन्।
स्वास्थ्य समस्याका कारण उपचार गराइरहेकी समीक्षा स्वस्थ्य हुँदै गएपछि अस्पतालले शुक्रबार नै डिस्चार्ज गरे पनि उपचारमा लागेको शुल्क बुझाउन नसक्दा बालिकालाई डिस्चार्ज नगरी बन्धक बनाएको परिवारको दाबी छ।
अस्पताल प्रशासनले भने उपचार खर्च तिर्न नसकेको अवस्थामा डिस्चार्ज गर्न नसकिएको जानकारी गराएको छ। परिवारले आर्थिक कठिनाइका कारण पुरा शुल्क तिर्न समस्या भएको र केही दिनमा घर गई ल्याउने बताए पनि उनलाई अस्पताले डिस्चार्ज नगरी बन्धक बनाएको छ।
बिरामीको विषयमा अस्पताल प्रशासन इन्चार्ज राजेन्द्र कुमार मैनाली संग कुरा गर्दा संचारकर्मीलाई नै पैसा उठाएर बुझाई दिनु भन्ने अभिब्यक्ति दिएका छन् र उनले भने पैसा नबुझाई हामी बिरामीलाई छोड्न सक्दैनौ भन्दै शुक्रबारदेखिकाे बेड चार्ज नलिएकाे समेत उनले जिकिर गरेका छन्।
समाचार बहिरिए पछिको प्रभाव: आर्थिक कठिनाइका कारण बिल नतिरेको आरोपमा बन्धक बनेको ४ वर्षीय समीक्षा भट्टराईलाई रकम छुट गरेपछि डिस्चार्ज गरेको छ। परिवारले बिल नतिरेको कारण बिर्तामोडको चिल्ड्रेन अस्पतालले बच्चालाई डिस्चार्ज नगरेको दाबी गर्दै आएको थियो। जुन समाचार मिडिया मार्फत सम्प्रेषण गरिएको थियो!
अस्पतालले परिवारसँग तिर्न नसकेको रकम छुट गरेर सहमति गर्दै सो आधारमा बच्चालाई डिस्चार्ज गरेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement