भद्रपुर: काठमांडू महानगरपालिकामा मेयरमा बालेनको आगमन भएपछि एक दृष्ट्रिविहीनले भने, ‘पहिले त काठमाडौंका गल्लीमा हिँड्न पर्यो भने नाकमुख छोप्न मास्क लगाइहाल्नुपर्थ्यो। त्यै गन्हाउने फोहरको थुप्रोमा ठोक्किएर लडिन्थ्यो। अहिले तपाईंले काठमांडूका कुनै गल्लीमा फोहरको थुप्रो देख्नुभएको छ?’, ‘यहाँसम्म कि लिन आउने दिन पनि मानिसहरू फोहर बाहिर निकाल्दैनन्। जुनसुकै गल्ली पनि अहिले सफा र चिटिक्क देख्न सकिन्छ। गल्लीका छेउछाउमा फूल फुलिरहेजस्तो लाग्छ।’