बंग्लादेशविरुद्ध सीरीजमा कुनै अलग रणनीति बनाउने मूडमा छैनन् कप्तान रोहित

IMG-20240917-WA0254

चेन्नई: भारतीय कप्तान रोहित शमाले पाकिस्तानविरुद्ध हालैको जीत अनि पेस बलर नाहिद राणाको उपस्थितिपछि पनि बंग्लादेशविरुद्ध आउँदो टेस्ट सीरीजमा नयाँ रणनीति बनाउने आवश्यकता नरहेको दावी गरेका छन्। बंग्लादेशले हालै पाकिस्तानमा टेस्ट सीरीजमा २-० ले ऐतिहासिक जीत हासिल गरेको थियो तर रोहित त्यसलाई अधिक महत्त्व दिन चाहँदैनन्। रोहितले भने, अहिले हरेक टीम भारतलाई पराजित गर्न चाहन्छ अनि यसमा हामीलाई गर्व छ। हाम्रो काम म्याच कसरी जित्न सकिन्छ भन्ने सोच्नु हो। विरोधी टीमले हामीबारे के सोचिरहेको छ भन्ने विषयमा हामी धेर सोच्दैनौ। भारतले विश्वभरि लगभग हरेक शीर्ष टीमविरुद्ध क्रिकेट खेलेको छ। यसैकारण अलग रणनीति बनाउने आवश्यकता छैन। हामी नयाँ चुनौतीको निम्ति तयार छौं।
भारतीय कप्तान विपक्षी टीमका पेस बलर राणालाई लिएर पनि चिन्तित छैनन्, जो १५० किमी प्रति घण्टाको गतिमा लगातार बलिंग गर्न सक्षम छन्। उनी कुनै एकजना खेलाड़ी नभएर पूरा बंग्लादेशी टीममाथि ध्यान दिन चाहन्छन्। उनले भने, प्रत्येक टीममा केही नयाँ खेलाड़ी अवश्यै हुन्छन्। यसैकारण केवल एकजना खेलाड़ीमाथि ध्यान केन्द्रित गरेर केही फाइदा हुनेछैन। बंग्लादेशविरुद्ध पनि हामी आफ्नो खेलमा ध्यान केन्द्रित गर्न चाहन्छौं। यसरी साथमा रोहितले विशेषगरी पेस बलरहरूका कार्यभार प्रबन्धन गर्नु उनको सर्वोच्च प्राथमिकता रहने बताए कारण यस सीजनमा जम्मा दशवटा टेस्ट म्याच खेलिनेछ। रोहितले भने, हामी सबै आफ्नो सर्वश्रेष्ठ खेलाड़ीले जम्मै म्याच खेलोस् भन्ने चाहन्छौं तर यस्तो सम्भव हुँदैन। यो केवल टेस्ट क्रिकेटको कुरा होइन कारण टेस्ट सीरीजको बीचमा टी२० म्याचहरू पनि खेलिनेछ। यसैकारण बलरहरूलाई सही तरिकाले प्रयोग गर्नु महत्त्वपूर्ण हुनेछ। हामी प्रमुख पेस बलरहरूलाई लिएर कुनै जोखिम उठान चाहदैनौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement