पवन चामलिङले दिए विश्वकर्म पूजाको शुभकामना

IMG-20240821-WA0001

गान्तोक: पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले विश्वकर्म पूजाको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
एसडीएफ नेता चामलिङले आज जारी आफ्नो सन्देशमा भनेका छन्, ‘सृष्टिका रचनाकार भगवान विश्वकर्माको पूजा-आराधनाको यस पावन अवसरमा समस्त श्रमजीवी, निर्माणकर्ता, कारीगर, चालक-सञ्चालक, अभियन्ताहरूप्रति आदर/सम्मान जनाउँदै समाजको भौतिक संरचनाको निर्माण अनि रखरखाउमा आफ्नो सम्पूर्ण सीप, प्रतिभा, श्रम र पसिना बगाउँदै यस समाजलाई सचल राखिरहनुभएकोमा हार्दिक आभार र कृतज्ञता जनाउँदछु।’
भगवान विश्वकर्माले सदैव कृपा बनाइराखून् भन्दै सबैको घर-परिवारमा सुख-शान्ति-समृद्धिले बास गरून् भनी उनले कामना पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement