राज्यपालले गरे विभिन्न स्थानमा विश्वकर्मा पूजाको भ्रमण

IMG-20240917-WA0256

गान्तोक: राज्यका राज्यपाल ओम प्रकाश माथुरले आज राजधानी वरिपरि आयोजित विश्वकर्मा पूजामा आफ्नो उपस्थिति दिए। विशेष गरेर उनले भ्रमणको पहिलो चरणमा टाशीलिङमा विद्युत एवम ऊर्जा विभागद्वारा आयोजना गरिएको पूजामा सहभागिता जनाए भने दोस्रो चरणमा अखिल सिक्किम सरकारी चालक संघको पहलमा टाशीलिङमा आयोजित विश्वकर्मा पूजामा उपस्थिति दिँदै पूजा अर्चना गरे। सोही प्रकारले उनले राज भवनको चालक संघद्वारा आयोजित पूजामा सहभागिता जनाए। यस अवसरमा उनले राज्यको शान्ति र समृद्धिको निम्ति पनि पूजा अर्चना गरे।भ्रमणको क्रममा राज्यपालसँग राजभवनमा सचिव जेडी भोटिया, अथिरिक्त सचिव खेमराज भट्टराई लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement