गान्तोक: सिक्किम फूटबल एसोसिएशनको तत्वावधानमा यहाँको पाल्जोर स्टेडियममा आयोजना भइरहेको ए डिभिजन एस लीगअन्तर्गत आज पनि दुइवटा म्याच सम्पन्न भयो। पहिलो म्याच सिक्किम पुलिस एफटी र गान्तोक हिमालयन एफसी बीच खेलिएको थियो जसमा सिक्किम पुलिस एफटी १ को विरुद्ध २ गोलले विजयी बन्यो।
दिनको दोस्रो म्याच सिङताम हौलर्स र साङ मस्ट्याङबीच खेलिएको थियो। प्रायः एक तर्फी रहेको म्याच सिङ्गताम हौलर्सले 3 गोलको अन्तरले जित्यो। म्याचमा सिङ्गताम हौलर्सले 4 गोल गऱ्यो भने साङ्ग मस्ट्याङ्गले एउटा मात्र गोल गऱ्यो।
भोलि पनि दुइवटा म्याच खेलाइने छ। पहिलो म्चाय कुमार स्पोर्टिङ र ब्रदरहुड बीच हुनेछ भने दोस्रो म्याच सिक्किम बोइज र सिक्किम आक्रमणबीच हुनेछ।