याङगाङको रोपेवे देशको सर्वाधिक आकर्षणको केन्द्र हुनेछः विधायक राज कुमारी थापा

IMG-20240917-WA0253

गान्तोक: सिक्किमले पर्यटन विकासका क्षेत्रमा नयाँ एक माइलखुट्टी स्थापित गर्न सफल बनेको छ। सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा, मुख्यमन्त्रीका पूर्व प्रेस सचिव विकास बस्नेत, जिल्ला पञ्चायत केडी काफ्ले, पूर्व जिल्ला अध्यक्ष सीएल गुरुङ, पूर्व नारी संयोजक डेन्किला भोटिया तथा पार्टीका अन्य कार्यकर्ता र कर्मचारीहरूले हिजोदेखि सञ्चालनमा आएको याङगाङस्थित अप्पर भालेढुङ्गा रोपवेमा आज पहिलो यात्राको अनुभव लिए। यो देशकै सबैभन्दा लामो रोपवे परियोजना हो भने पर्यटकहरूका निम्ति यो एक आकर्षणको केन्द्र बनेको छ। यसको निरीक्षण गर्नका साथै यात्रा गरी पहिलो अनुभव लिएपछि विधानसभा उपाध्यक्ष थापाले यस स्थानमा आकर्षित रोपवे स्थापित गरिदिएकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार व्यक्त गरिन्। याङ्गाङवासीहरू साथै समग्र सिक्किमेली जनसाधारणका लागि यो एक ऐतिहासिक उपलब्धि रहेको बताउँदै उनले मुख्यमन्त्रीलाई धन्यवाद दिइन्। उनले यस परियोजनालाई राङ्गाङ – याङ्गाङवासीका लागि ठूलो उपहारका रूपमा औँल्याएकी छन्। परियोजनाले याङ्गाङ र यस परिसरमा पर्यटन क्षेत्रमा उल्लेखनीय सुधार ल्याउनका साथै समग्र सिक्किमलाई नै पर्यान विकासमा टेवा पुऱ्याउने मन्तव्य गरिन्। यसैगरी मुख्यमन्त्रीका पूर्व प्रेस सचिव विकास बस्नेतले पनि पोमा कम्पनीद्वारा गुणस्तरीय रूपमा निर्माण गरिएको यस रोप्वे परियोजनाका लागि मुख्यमन्त्री श्री प्रेमसिंह तामाङप्रति कृतज्ञता प्रकट गरे। परियोजना पूरा भएपछि हिजोदेखि सञ्चालनमा ल्याइएको रोपवे भ्रमणमा आउने पर्यटक तथा यात्रुहरूका लागि खुल्ला गरिएको छ भने ९५० रूपियाँको टिकट लिएर ओहोर दोहोर गर्न सकिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement