गान्तोक: महिला तथा बाल विकास विभागले शुरु गरेको पोषण माह कार्यक्रम आज ताङताङ आइसीडीएसमा सम्पन्न भयो। कार्यक्रममा वार्ड पञ्चायत, पर्यवेक्षक, जिल्ला संयोजक, शिक्षक, आमा तथा किशोरीहरू, आँगनवाडी कार्यकर्ता, डाटा एन्ट्री कर्मचारीहरु सहभागी थिए। सिङगिक ग्राम पञ्चाय़त एकाईका वार्ड पञ्चायत अशुकमित लेप्चाले राष्ट्रिय पोषणमाह २०२४ अन्तर्गत सुधारिएको पोषण अभियानलाई दिगो बनाउने मुख्य बुँदा भएको बताइन्। कार्यक्रमको सुरु मंगन जोनकी पर्यवेक्षक सुनिता अधिकारीले कार्यक्रमको उदेश्यबारे बताइन्। उनले पोषण अभियानअन्तर्गत विभिन्न फाइदा र महत्त्वबारे प्रकास पारिन्। पोषण निरीक्षक सोनाम नामग्याल भोटियाले पोषण, वृद्धि समीक्षा, पूरक आहारको लागि स्थानीय खाद्यान्न, सन्तुलित आहारबारे जानकारी दिए। जिल्ला संयोजक डोमा लेप्चा र शिक्षक लिजुम लेप्चाले समावेशी शिक्षा र दिव्याङ व्यक्तिको अधिकार ऐन २०१६ बारे प्रकाश पारिन्। मंगन जिल्ला अस्पतालका नर्स पेमा ल्हमु लेप्चाले एनिमिया, यसका लक्षण, रोकथाम र उपचारबारे जानकारी गराइन्। समाज कल्याण निरीक्षक रोशन लिम्बूले ज्येष्ठ नागरिक, अपाङ्गता र समाजका अन्य सीमान्तकृत वर्गहरूको कल्याणका लागि उपलब्ध विभिन्न पेन्सन योजनाहरू बारेमा जानकारी दिए। डाटा एन्ट्री अपरेटर छिरिङ लेप्चाले प्रधानमन्त्री मातृ वन्दना योजनामाथि बताउँदै गर्भवती र स्तनपान गराउने महिलाहरूलाई पोषणबारे जागरुकता गराउनु पर्ने सुझाउ दिए। कार्यक्रमको मुख्य भागको रूपमा चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो।










