फुलबारी: मंगलबार राति करिब १२.३० बजे सिलगढी-जलपाईगुडी राष्ट्रिय राजमार्गको फुलबारी नजिकैको राधारबारी क्षेत्रमा दुई कन्टेनर एकआपसमा ठोक्किँदा दुईजना घाइते भएको छ। राष्ट्रिय राजमार्ग जामका कारण राधारबारी क्षेत्रमा कन्टेनर रोकिराखेको थियो। त्यसपछि जलपाईगुडीबाट आएको अर्को कन्टेनरल रोकीराखेको कन्टेनरको पछाडि ठोक्कियो।यस घटनामा कन्टेनरमा क्षति पुगेको छ। कन्टेनरमा सवार चालक र सहचालक घाइते भएका छन्। घटनाको खबर प्राप्त हुने बित्तिकै न्यू जलपाईगुडी पुलिस र दमकल घटनास्थलमा पुग्यो। करिब एक घण्टाको प्रयासपछि चालक र सहचालकलाई उद्धार गरी फुलबारीस्थित निजी अस्पतालमा लगिएको थियो। पुलिसले दुर्घटनाग्रस्त कन्टेनर बरामद गरी घटनाको सम्पूर्ण अनुसन्धान सुरु गरेको छ।









