खरसाङको विभिन्न स्थानहरूमा भक्तिभावको साथमा विश्वकर्म पूजा सम्पन्न

IMG-20240917-WA0229

खरसाङ: खरसाङ क्षेत्रका विभिन्न ठाउँहरूमा आज विश्वर्कम पूजा भव्यताको साथ पालन गरियो। दार्जीलिङ हिमालयन रेलवे ठेकेदार कल्याण समितिले पनि विगत वर्ष झैं यस वर्ष पनि श्री विश्वकर्म पूजा भव्यताको साथ पालन गरे। पण्डित हरिप्रसाद शर्माद्वारा विधिवत् पूजा अर्चना सम्पन्न गरे भने पूजा समिति सभापति पेवेन्द्र गुरूङ्ग सचिव निर्मल (फिपराज) सुब्बाको विशेष देखरेखमा आयोजना गरिएको विश्वकर्म पुजामा डीएचआरसीडब्लुएका सभापति भाइचुङ तामाङ अनि महासचिव कुन्दन तामाङले विशेष पूजामा सहभागिता जनाएका थिए। यसरी नै खरसाङ बजारको मोटर स्ट्याण्डमा चालक संगठनद्वारा विश्वकर्म पूजा आयोजना गरिएको थियो। त्यसरी नै आकाशवाणी खरसाङमा पनि विश्वकर्म पूजा भक्तिभावको साथमा पालन गरिएको छ। आकाशवाणीक़ खरसाङको विभिन्न विभागका कर्मचारीहरूले पूजा अर्चना गरेका थिए। यसको साथै खरसाङको विद्युत विभागमा, चालक संगठनद्वारा पनि विश्वकर्म पूजा आयोजना गरिएको छ।

त्यसरी नै गिध्द पहाड़, महानदी, तीनधारे, घैयाबारी लगायत विभिन्न स्थानहरूमा विश्वकर्म पूजा आयोजना गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement