२२ अगस्तः फ्रान्सका दिग्गज स्ट्राईकर कीलियन एम्बाप्पेले केवल ८ सेकेण्डमा गोल गरी फ्रान्सीसी फूटबल लीग (लीग वन्)-मा गत रेकर्डको बराबरी गरे। एम्बाप्पेले शुरुमै गरेको यस गोलको सहायताले उनको टीम पेरिस सेण्ट जर्मेन (पीएसजी)-ले एकतर्फी म्याचमा लिली विरुद्ध ७-१-ले सजिलै जीत हासिल गऱ्यो। दर्शकहरू राम्ररी सीटमा बस्न अघि नै अनि विपक्षी टीमले केही सोच्न अघि नै एम्बाप्पेले लियोनल मेस्सीको पासमा गोल गरी पीएसजीलाई बढ़त दिलाए। म्याचमा एम्बाप्पेले जम्मा ३ गोल गरे। एम्बाप्पेले केवल ८ सेकेण्डमा गोल गरी माइकल रियोले १९९२-मा बनाएको द्रुततम् गोलको रेकर्डको बराबरी गरे। म्याचमा पीएसजीबाट नेमारले २ गोल गरे। रहल दुईवटा गोल मेस्सी र अचरफ हाकिमीले छिराए।