भाजपा दार्जिलिङ जिल्ला समितिद्वारा राज्य स्तरीय भाजपा पदाधिकारीहरूसित भेटघाट

photocollage_2024917203651830

खरसाङ: भारतीय जनता पार्टी दार्जिलिङ जिल्लाका एक टोली जिल्ला अध्यक्ष कल्याण देवानको नेतृत्वमा भाजपाका राज्य नेतृत्वहरूसित भेटघाट गरेका छन्। भाजपा दार्जिलिङ जिल्ला समितिको टोलीले राज्यको भाजपा नेतृत्वहरूलाई कलकत्तामा भेट गरेका छन्। यस क्रममा भाजपा नेतृत्वहरु राज्य विपक्षका नेता शुभेन्दु अधिकारी, भाजपा राज्य सभापति सुकान्त मजुमदारसंग भेटघाट गरेका छन्। उक्त भेटघाटमा भाजपा दार्जिलिङ जिल्ला समितिको टोलीले गोर्खा जातिको मुख्य दुई मांगहरुप्रति गम्भीर बैठक गरेको जानकारी गराइएको छ। उक्त बैठक सकरात्मक रहेको भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवानले बताएका छन्। भाजपा दार्जिलिङ जिल्ला समितिको पदाधिकारीहरूले कोलकाता भ्रमण गर्दै भाजपाक राज्य पदाधिकारीहरूसित भेटघाट गरेको जानकारी गराइएको छ। उक्त भ्रमणमा जिल्लाका उपाध्यक्ष राजेन मुखिया, जिल्ला महासचिव सुजेन्द्र राई, जिल्ला महासचिव राजु थुलुङ, जिल्ला सचिव अरूण प्रधान, उमेश राई कालचिनीका भाजपा विधायक बिशाल लामाको विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement