मालुटार चियाबारीका दुईजना छोरी नानीहरू राष्ट्रिय स्तरको अण्डर १७ फुटबलक लागि चयन

IMG-20240917-WA0194

खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत मालुटार चियाबारीका दुईजना छोरी नानीहरू राष्ट्रिय स्तरको अण्डर १७ फुटबलक लागि चयन भएका छन्। मालुटार चियाबारी अन्तर्गत फागुटार निवासी पिता दिलकुमार राई र माता कल्पना राईकी सुपुत्री कृतिका राई अनि फागुटार निवासी पिता दिनेश राई र माता सञ्जु राईकी सुपुत्री प्रतिका राई राष्ट्रिय स्तरको अण्डर १७ फुटबलको लागि चयन भएका छन्। उनीहरूसितै सोनादाको लोवर सिडर्सकी नानी अनिला राई पनि राष्ट्रिय स्तरको अण्डर १७ फुटबलमा चयन भएका छन्। तीनैजना खरसाको रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरू हुन्। उनीहरू तीनैजना खरसाङ महकुमा स्तरीयबाट दार्जिलिङ जिल्ला स्तरीय हुँदै सल्ट लेक कोलकोतामा सम्पन्न राज्य स्तरीय अण्डर १७ फुटबलमा दार्जिलिङ जिल्लाको टिमबाट खेलेका थिए। दार्जिलिङको जिल्लाको १६ सदस्यीय टोलीमा खरसाङबाट ८ जना गएका थिए भने तीनजना राष्ट्रिय स्तरका अण्डर १७ मा चयन भएका छन्। तीनैजना विद्यार्थी खेलाडीहरू आगामी महिना अक्टोबरको अन्त्यतिर बंगाल राज्यको टोलीबाट राष्ट्रिय स्तरको लागि खेल्ने भएको जानकारी प्राप्त भएको छ। यसरी चियाबारी क्षेत्रबाट फुटबल प्रतिभाहरू खरसाङमा जेआर ३२ बाट प्रशिक्षण लिएर साथै रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयकी विद्यार्थीहरूले राज्य स्तरीय हुँदै अब राष्ट्रीय स्तरमा फुटबल खेल्ने भएका छन्। उनीहरूको फुटबल प्रतिको प्रतिभा र खेलले गर्दा आफ्नो गाउँ मालुटार, आफ्नो विद्यालय रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालय, प्रशिक्षण केन्द्र जेआर ३२, कोच, म्यानेजर लगायत खरसाङ, दार्जिलिङ पहाड़लाई नै गौरान्वित बनाएका छन्। नानीहरूको सफलतामा सबैले खुशी व्यक्त गरेका छन् भने उज्जवल भविष्यको लागि शुभकामना दिएका छन्। नानीहरूले फुटबलमा मै आफ्नो राम्रो करियर बनाउन सक्ने देखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement