कोलकाता: बैठकमा मुख्यमन्त्रीले डाक्टरहरूको प्रमुख मागहरू बारे छलफल गरी निम्न निर्णय गरेकी छन्। सीबीआई अनुसन्धानको आदेशl मुख्यमन्त्रीले डाक्टरहरूको पहिलो माग सीबीआई जाँचलाई स्वीकृत गरेको पुष्टि गरिन्। बैठकले डीएमई कौस्तव नायक र डीएचएस देवाशिस हल्दारलाई पदबाट हटाउने निर्णय गरेको छ। डाक्टरहरूले सीपी विनीत गोयललाई हटाउन माग गरेका थिए। यसबारे चर्चा गरेर विनीत गोयललाई हटाइयो। नवनियुक्त पुलिस आयुक्तले अपराह्न ४ बजेपछि पदभार ग्रहण गर्नेछन्। डीसी उत्तर पनि हटाइयो। डाक्टरहरुको गुनासो सम्बोधन गर्न मुख्य सचिवको संयोजकत्वमा समिति गठन गरिएको छ। मुख्यमन्त्रीले बैठक सकारात्मक रहेको बताउँदै डाक्टरहरूलाई काममा फर्कन आग्रह गरिन्।










