भद्रपुर: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी सेप्टेम्बरमा विश्वासको मत लिने भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्। सत्ता गठबन्धन परिवर्तन भएसँगै जुलाई २६मा सरकारबाट बाहिरिएको माओवादी केन्द्रले यही अगस्त ३०मा समर्थन फिर्ता लिएको थियो। कोशी प्रदेशमा नेपाल कप्युनिष्ट पार्टी (एकीकृत माले)को नेतृत्वमा बनेको कांग्रेससहितको सरकार बनेको छ। संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्। कोशी प्रदेशसभामा ९३ सदस्य छन्। जसमा एमालेका ४० र कांग्रेसका २९ सदस्य रहेका छन्। यस्तै यहाँ माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का चार र जसपाका एक सांसद छन्। गत मई ९मा मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक मई १३मा विश्वासको मत लिएका थिए। सेप्टेम्बर १८ दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने कार्यतालिका छ।