सिलगढी: हरेक पटक जस्तै सिलगढी नगरपालिकामा विश्वकर्मा पूजाको आयोजना गरिएको छ। हरेक वर्ष झै यस वर्ष पनि विश्वकर्मा पूजासँगै समाजसेवाका कार्यक्रम पनि आयोजना गरिएको छ। एकातिर नगरनिगम परिसरमा विश्वकर्मा पूजाको आयोजना भइरहेको छ भने अर्कोतिर ठूलो रक्तदान रक्तदान शिविर आयोजना गरिएको छ।

आजको रक्तदान शिविरमा नगरनिगमका पदाधिकारीदेखि वडाका पार्षदसम्म र सर्वसाधारणले रक्तदान गरे। नगरनिगमका परिसरमा पूर्ण श्रद्धा भक्तिपूर्वक विश्वकर्मा पूजा गरियो। त्यसपछि नगरनिगमका सबै सवारीसाधनको पूजा गरियो। रक्तदान शिविर उद्घाटन सिलगढीका मेयर गौतम देवले गरे।