दुबई: अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-ले मंगलवार अब वर्ल्ड कपमा पुरुष अनि महिलाहरूलाई समान पुरस्कार राशि दिइने घोषणा गऱ्यो। यसको शुरुवात आउँदो महिना यूएई-मा हुने महिला टी२० वर्ल्ड कपको साथ हुनेछ। आईसीसीद्वारा जारी बयानमा भनिएअनुसार, महिला टी२० वर्ल्ड कपमा च्याम्पियन हुने टीमलाई अब २३ लाख ४० हजार अमेरिकी डलर प्राप्त हुनेछ। गत वर्ष दक्षिण अफ्रिकामा खेलिएको महिला टी२० वर्ल्ड कपमा च्याम्पियन हुँदा अष्ट्रेलियालाई १० लाख अमेरिकी डलरको पुरस्कार राशि प्राप्त भएको थियो। यसरी पुरस्कार राशिमा १३४ प्रतिशतको वृद्धि भएको छ। भारतीय पुरुष टीमलाई यस साल अमेरिका र वेष्ट इण्डिजमा भएको टी२० वर्ल्ड कपमा च्याम्पियन भएपछि २३ लाख ४० हजार अमेरिकी डलरको पुरस्कार राशि प्राप्त भएको थियो। आईसीसीले भनेको छ, आईसीसी महिला टी२० वर्ल्ड कप २०२४ पहिलो आईसीसी टुर्नामेण्ट हुनेछ, जसमा महिलाहरूलाई पुरुषहरू समान पुरस्कार राशि प्राप्त हुनेछ। यो यस खेलको इतिहासमा महत्त्वपूर्ण उपलब्धि हुनेछ। यो फसेला जुलाई २०२३-मा आईसीसी वार्षिक सम्मेलनमा लिइएको थियो जब आईसीसी बोर्डले आफ्नो २०३०-को पूर्व निर्धारित कार्यक्रमभन्दा सात साल अघि पुरस्कार राशि समान गर्ने निर्णय लिएको थियो। यसरी क्रिकेट पहिलो प्रमुख खेल बनेको छ, जसमा वर्ल्ड कपमा पुरुष र महिलाहरूका निम्ति समान पुरस्कार राशि रहनेछ। महिला टी२० वर्ल्ड कप ३ अक्टोबरदेखि यूएई-मा शुरु हुनेछ।