भद्रपुर: झापाको गौरीगञ्ज वडा नँ ६ देबकोटा स्कुल छेउमा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ।
आज बिहान भएको आगलागी बाट स्थानीय “बुनिया” भनिने कृष्ण राजवंशीको अर्ध पक्की घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणमा आएको छ, बिहान पुजा सकेर घरका मानिसहरु पसल खोल्न गएको बेला पुजाको दीयो बाट आगो सल्किएको हुन सक्ने स्थानीय हरुले बताएका छन्।
थप बिवरण आउन बाकी।