भद्रपुर: सशस्त्र प्रहरी आउट पाेष्ट बिओपी लाैकहीले लागुओैषध (ब्राउन सुगर जस्ताे देखिने खैराे पदार्थ) सहित धरानका तीन जनालाई पक्राउ गरेकाे छ। बिओपी लाैकही सब इन्स्पेक्टरकाे कमाण्डमा खटिएकाे टाेलीले उक्त आगु ओैषध सहित धरान १५ बस्ने वर्ष २६ को सुबास लिम्बु,बर्ष २८ को राजु गुरुङ्ग र वर्ष २२ काे जाेन बि.क.लाई नियन्त्रणमा लिएकाे हाे। उनीहरू मध्ये सुवास र राजु स्कुटीमा थिए भने जाेन पल्सर बाइकमा सवार थिए।

चेकजाँचकाे क्रममा स्कुटीमा लुकाइएकाे २४.४२ ग्राम र पल्सर बाइकबाट १.२७ ग्राम खैराे पदार्थ र आइस ड्रग्स ( Methamphetamine Drugs) जस्तो देखिने सेतो पदार्थ १.०१ ग्राम फेला परेकाे सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीले जनाएकाे छ।