टीमको मानसिक मजबूतीमाथि काम गरिरहेकी छन् कप्तान हरमनप्रीत कौर

IMG-20240917-WA0131

मुम्बई: भारतीय महिला क्रिकेट टीमकी कप्तान हरमनप्रीत कौरले बताएअनुसार, भारतीय खेलाड़ीहरूले लामो समयदेखि मानसिक रूपले मजबूत (मेण्टल हेल्थ) हुनुमाथि काम गरिरहेकी छन् अनि यसले उनीहरूलाई आउँदो टी२० वर्ल्ड कपमा फाइदा पुग्नेछ। भारत २०२०-मा महिला टी२० वर्ल्ड कपमा उपविजेता रहेको थियो। यसपाली यूएई-मा हुने महिला टी२० वर्ल्ड कपमा भारत गत तथा ६ पल्टको च्याम्पियन अष्ट्रेलिया, पाकिस्तान, श्रीलंका र न्यूजील्याण्डसँग ग्रुप ए-मा रहेको छ। हरमनप्रीतले म्याचको महत्त्वपूर्ण क्षणहरूमा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न सक्षम बन्न भारतीय खेलाड़ीहरूले मानसिक रूपले मजबूत बन्नेमाथि काम गरिरहेको बताइन्। उनले भनिन्, हामी लामो समयदेखि मानसिक मजबूतीमाथि काम गरिरहेकी छौं। म्याचको अवधि अन्तिम ४-५ ओभर सदा महत्त्वपूर्ण हुन्छ। त्यस समय मानसिक रूपले मजबूत हुनु जरुरी हुन्छ। टी२० क्रिकेट कुनै छोटो प्रारूप पनि होइन कारण तपाईंले मैदानमा ४० ओभर समय बिताउनु पर्छ।
हरमनप्रीतले म्याचको अन्तिम ४-५ ओभरहरूमा मानसिक रूपले मजबूत टीमहरूले परिणाम आफ्नो पक्षमा गर्ने बताइन्। भारतीय कप्तानले भनिन्, हामीले गत केही समयदेखि यसमाथि ध्यान दिइरहेका छौं। यी पाँच ओभरहरूमा मानसिक रूपले मजबूत रहे हामी आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न सक्छौं। भारती टीमको प्रमुख टुर्नामेण्टहरूमा फाइनलमा निराशाजनक प्रदर्शनको चर्चा हुन्छ। टीम २०२०-को फाइनलमा अष्ट्रेलियाविरुद्ध ८५ रनले पराजित भएको थियो। यसरी २०१७-को वनडे वर्ल्ड कप फाइनलमा पनि ईंग्ल्याण्डविरुद्ध केवल ९ रनले पराजित भएको थियो। यसरी नै कमनवेल्थ गेम्स २०२२-को फाइनलमा पनि टीम अष्ट्रेलियाविरुद्ध केवल ९ रनले पराजित भएको थियो। हरमनप्रीतले भनिन्, हामीले यी सबै कुराहरूमाथि ध्यान दिएर मेहनत गरिरहेकी छौं अनि आउँदो टुर्नामेण्टमा यी वाधाहरूलाई सफलतापूर्वक पार गर्ने हामीलाई आशा छ। उल्लेखनीय छ, भारतले टी२० वर्ल्ड कपमा ४ अक्टोबरमा न्यूजील्याण्डविरुद्ध म्याचको साथ अभियान शुरु गर्नेछ। त्यसपछि ८ अक्टोबरमा चीरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध म्याच रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement