२२ अगस्तः खेलमा निरन्तर असल प्रदर्शन गर्दै आफ्नो छाप छोड़्न सफल उत्तर बंगालका शीर्ष गोलकीपरहरूमा एक निगम सिंहले ड्रीम युनाइटेड क्लबको तर्फबाट बेंगलोर सुपर डीविजन लीग खेल्ने मौका पाएका छन्। फूटबल मैदानमा विपक्षी टीम अघि अभेद भित्ता बनेर उभिने २७ वर्षीय निगम बेंगलोर पुगिसकेका छन्। उत्तर बंगालका शीर्ष क्लबहरू केएफसी, कालेबुङ पुलिस, सिलगढ़ी युनाइटेड एफसी, युनाइटेड ब्रदर्स, शेयर एफसी र जर्जियन एफसीको साथमा अन्य धेरैवटा क्लबबाट उत्कृष्ट प्रदर्शन गर्ने निगम अहिले बेंगलोर सुपर डीविजन लीगमा उत्कृष्ट प्रदर्शन गर्न तयार छन्। माता संगीता सिंह अनि भाई राज सिंहको अपार समर्थनले मैदानमा निरन्तर असल प्रदर्शन गर्ने सुकना निवासी निगम सिंह ड्रीम युनाइटेडमा जाने उत्तर बंगालका दोस्रो गोलकीपर हुन्। यसअघि राजीव सिन्हासँग पनि बेंगलोरको शीर्ष क्लबले अनुबन्ध गरेको थियो।