टेस्ट सीरीज अघि आयोजक भारतलाई सतर्क गराए महान गावस्करले

IMG-20240916-WA0340

नयाँ दिल्ली: पूर्व भारतीय कप्तान तथा महान क्रिकेटर सुनिल गावस्करले रोहित शर्माको कप्तानीमा रहने भारतीय टीमलाई दुईवटा टेस्ट म्याचको आउँदो सीरीजमा बंग्लादेशविरुद्ध सतर्क रहने परामर्श दिएका छन्। बंग्लादेशको टीम हालै पाकिस्तानमा २-० ले ऐतिहासिक सीरीज जीतपछि भारत आएको छ। भारतले आफ्नो घरेलु सीजनको शुरुवात चेन्नईको एमए चिदाम्बरम स्टेडियममा बंग्लादेशविरुद्ध पहिलो टेस्ट म्याचको साथ गर्नेछ, जुन १९ सेप्टेम्बरदेखि शुरु हुनेछ। त्यसपछि दोस्रो टेस्ट म्याच २७ सेप्टेम्बरदेखि कानपुरको ग्रीन पार्क स्टेडियममा खेलिनेछ। बंग्लादेशले हालै पाकिस्तान यात्रामा सीरीज २-०-ले जितेर आफ्नो ताकत देखाइसकेको छ। केही साल अघि बंग्लादेश यात्रामा पनि भारतलाई आयोजक टीमले कड़ा चुनौती दिएको थियो। गावस्करले भने, बंग्लादेशसँग अहिले केही असाधारण खेलाड़ी रहेका छन् अनि केही प्रतिभाशाली युवा खेलाड़ी पनि छन्। अहिले उनीहरूमा त्यो डर छैन, जुन अन्तर्राष्ट्रिय स्तरमा उनीहरूका प्रदर्शनमा पहिला देखिन्थ्यो। अहिले यस टीमविरुद्ध खेल्ने प्रत्येक टीम सतर्क रहनु पर्नेछ। अहिले बंग्लादेशलाई हल्कामा लिन सकिँदैन। यस टीममा उलटफेर गर्ने क्षमता छ। उनीहरूले हालै पाकिस्तानमा त्यही गरेका थिए। आउँदो सीरीजको दुवै टेस्ट वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) – को वर्तमान चक्रको हिस्सा हुनेछ। डब्ल्यूटीसी तालिकामा भारत ६८.५२ प्रतिशत अंकको साथ पहिलो अनि बंग्लादेश ४५.८२ प्रतिशत अंकको साथ चौथो स्थानमा रहेको छ। भारतको यो नयाँ प्रशिक्षक गौतम गम्भीरको मार्गदर्शनमा पहिलो टेस्ट सीरीज हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement