दक्षिण कोरियाविरुद्ध जीतको साथ भारत फाइनलमा

IMG-20240916-WA0335

नयाँ दिल्ली: दुईपल्टको ओलम्पिक पदक विजेता भारतीय पुरुष हकी टीमले विजयाभियान जारी राख्दै एशियन च्याम्पियन्स ट्रफी हकी टुर्नामेण्टको फाइनलमा स्थान बनायो। सोमवार खेलिएको सेमिफाइनलमा भारतले दक्षिण कोरियालाई ४-१-ले पराजित गऱ्यो। अब मंगलवार खेलिने फाइनलमा भारतको आयोजक चीनसँग भिड़न्त हुनेछ, जसले अन्य एउटा सेमिफाइनलमा पाकिस्तानलाई पेनल्टी शूटआउटमा २- ०-ले पराजित गऱ्यो जबकि निर्धारित समयको खेलमा स्कोर १-१ को बराबरीमा रहेको थियो। यसरी चीन पहिलोपल्ट टुर्नामेण्टको फाइनलमा पुग्यो। भारतले यसअघि टुर्नामेण्टको ग्रुप चरणमा चीनलाई ३-०-ले पराजित गरेको थियो। पेरिस ओलम्पिकमा काँस्य पदक जित्ने भारतीय टीमले टुर्नामेण्टमा आफ्नो प्रत्येक म्याच जितेको छ। अब मंगलवार फाइनलमा भारत पाँचौंपल्ट च्याम्पियन बन्ने लक्ष्य लिएर मैदानमा ओर्लिनेछ। आज भारतको तर्फबाट कप्तान हरमनप्रीत सिंहले २ गोल गरे। उनले १९औं र ४५औं मिनटमा गोल गरे। यसबाहेक उत्तम सिंहले १३औं र जरमनप्रीत सिंहले ३२औं मिनटमा गोल गरे। दक्षिण कोरियाबाट एकमात्र गोल जिहुन यांगले तेस्रो कार्टरको ३३औं मिनटमा गरे। भारतले यसअघि जारी टुर्नामेण्टको ग्रुप चरणमा पनि कोरियाई टीमलाई ३-१-ले पराजित गरेको थियो। यसरी पाँचौं र छैटौं स्थानको म्याचमा जापानले गत सालको उपविजेता मलेशियालाई पेनल्टी शूटआउटमा ४-२-ले पराजित गऱ्यो। निर्धारित समयको खेलमा स्कोर ४-४-को बराबरीमा रहेको थियो। तेस्रो स्थानको म्याचमा पाकिस्तान र दक्षिण कोरियाबीच भिड़न्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement