मंगन: महिला एवं बाल विकास विभागले ताङ ताङ आईसीडीएसमा सफलतापूर्वक पोषण माह कार्यक्रम आयोजन गऱ्यो। कार्यक्रममा वार्ड पञ्चायत, जिल्ला समन्वयक, विशेष शिक्षक, आगनवाडी कर्मी र सहायक, डाटा एन्ट्री अपरेटर, पोषण निरीक्षक, सामाजिक कल्याण निरीक्षक आदि उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मंगन जोनकी सुपरभाइजर सुनिता अधिकारीले कार्यक्रम आयोजन गर्नुको उद्देश्यमाथि प्रकाश पारिन्। उनले पोषण माह पहल अन्तर्गत पोषण र समग्र कल्याणको महत्त्वबारे अवगत गराइन्। यसै क्रममा पोषण निरीक्षक सोनाम नामग्याल भोटियाले पोषण, वृद्धि अनुगमनको महत्व, सन्तुलित आहार, स्वस्थ खानी बानी, मानसिक स्वास्थ्य आदि विषय जानकारी गराए।
कार्यक्रमलाई मंगनकी शिक्षा जिल्ला समन्वयक डिकी डोमा लेप्चा, मंगन जिल्ला अस्पतालकी एएनएम पेम ल्हमु लेप्चा, सामाजिक कल्याण निरीक्षक रोशन लिम्बू, डाटा एन्ट्री अपरेटर छिरिङ लेप्चा, वार्ड पञ्चायत अशुक्मित लेप्चा आदिले पनि सम्बोधन गरेका थिए।