गान्तोक: राज्यपाल ओम प्रकाश माथुरले पाङ ल्हाबसोल पर्वको शुभ अवसरमा सिक्किमवासीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। राज्यपालले आज जारी आफ्नो सन्देशमा भने, ‘पाङ ल्हाबसोलको शुभ अवसरमा म सम्मानित सिक्किमका मानिसहरूलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु।
यो पर्व सिक्किमको समृद्ध सांस्कृतिक विरासतको प्रतीक हो र माउण्ट कञ्चनजङ्घा, जो हाम्रो राज्यको संरक्षक देवता हुन्, प्रति हाम्रो आस्था र श्रद्धालाई दर्साउॅंछ। यस पर्वले सिक्किमका मानिसहरूबीच आपसी सौहार्द, शान्ति र भाइचाराको भावनालाई कायम राख्ने प्रेरणा दिन्छ।’
राज्यपालले यस शुभ अवसरमा संरक्षक देवता माउण्ट कञ्चनजङ्घाप्रति सम्मान व्यक्त गर्दै सिक्किमवासीहरूको सुख, शान्ति र समृद्धिको निम्ति प्रार्थना गरेका छन्। राज्यपालले सबै मिलेर आफ्नो एकतालाई अझ बलियो बनाउन र राज्य अनि देशको प्रगतिमा योगदान दिन आह्वान गरेका छन्।