गान्तोक: आज पद्मश्री पुरस्कारले सम्मानित द्रौपदी घिमिरेकाे नेतृत्वमा सिक्किम दिव्याङ्ग समितिको एक टोलीले सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे।
उनले समितिको विभिन्न कार्यहरूको बारेमा राज्यपाललाई जानकारी दिइन्।
राज्यपालले समितिको कार्यको सराहना गर्दै राजभवनको तर्फबाट हर सम्भव मद्दतको आश्वासन दिए। उनले दिव्याङ्गहरूको प्रतिभाको प्रशंसा गर्दै हालैमा आयोजित प्यारालम्पिकमा उनीहरूका उत्कृष्ट प्रदर्शनको सराहना गरे। उनले सबैलाई उनीहरूप्रति सकारात्मक दृष्टिकोण राख्दै प्रोत्साहन दिन आग्रह गरे।
द्रौपदी घिमिरेले समितिद्वारा अहिलेसम्म सिक्किम, दार्जीलिङ, कालेबुङ र उत्तर बंगालमा गरिएका गतिविधिहरूका साथै भविष्यका योजनाहरूको बारेमा अवगत गराइन्।