हुथी विद्रोहीलाई इजरायलका प्रधानमन्त्रीले दिए चेतावनी

00-1-Israel-PM-Benjamin-Netanyahu

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यमनका हुथी विद्रोहीलाई ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन्। नेतान्याहुको यो बयान मध्य इजरायलमा हुथी विद्रोहीले गरेको मिसाइल आक्रमणपछि आएको हो। इजरायलको सेनाले भनेको छ, ‘मिसाइल आइतबार बिहान गैर बस्ती क्षेत्रमा खसेको थियो, र वायु रक्षा प्रणालीले इजरायली हवाई क्षेत्रमा प्रवेश गर्नु अघि यसलाई खसाल्न असफल भयो।‘ यो मिसाइल इजरायलको भूभागमा कसरी पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको सेनाले जनाएको छ। हुथी विद्रोहीले प्रहार गरेको मिसाइल मध्य इजरायलमा पुगेको यो पहिलो पटक हो। यो क्षेत्र यमनबाट करिब दुई हजार किलोमिटर टाडो छ। इजरायली रक्षा बल (आईडीएफ)ले आइतबार क्षेप्यास्त्र खसाल्ने धेरै प्रयास गरिएको तर क्षेप्यास्त्र हावामा विस्फोट भएको बताएको छ। हुथी विद्रोहीहरूले यो कारबाहीमा नयाँ प्रकारको हाइपरसोनिक मिसाइल प्रयोग गरेको दाबी गरेका छन्।

हुथी विद्रोहीहरूले एक विज्ञप्तिमा भनेका छन्, ‘आइतबारको आक्रमण प्यालेस्टाइनसँग ऐक्यबद्धता देखाउन थियो।‘ उनले इजरायलले ७ अक्टोबरमा भएको आक्रमणको पहिलो वर्षगाँठअघि थप आक्रमणका लागि तयार रहनुपर्ने बताएका छन्। नेतान्याहुले भनेका छन्, ‘यस आक्रमणले इजरायल धेरै मोर्चामा युद्ध लडिरहेको देखाउँछ।‘ उनले भनेका छन्, ‘हामीलाई हानि पुर्याउने कुनै पनि प्रयासको ठूलो मूल्य चुकाउनु पर्ने कुरा हुथी विद्रोहीले अहिले नै बुझिसकेका छन्। हामीलाई आक्रमण गर्ने कोही पनि हामीबाट उम्कन सक्ने छैनन्।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement